जनकपुरधाम। मधेश प्रदेश जनता समाजवादी पार्टी नेपाल संसदीय दलका उपनेता प्रदेश सांसद रामअशिष यादवले एक समारोहका विच जसपा नेपाल शहिदनगर नगरपालिका पार्टी कार्यालयको उदघाटन गर्नुभयो।
सो अवसरमा बोल्दै प्रमुख अतिथि प्रदेश सांसद यादवले स्थानीय निकायको निर्वाचन लक्षित गर्दै गाउँ गाउँ टोल सम्म स्थानीय स्तरका नेता कार्यकर्ताहरु परिचालन गर्नुपर्ने कुरा बताउनुभएको छ।
उहाँले जनता समाजवादी पार्टी नेपालको शक्ति स्थानीय स्तरका प्रशिक्षित नेता र कार्यकर्ता रहेको कुरा बताउनुभएको छ।
सो अवसरमा बोल्दै विशिष्ट अतिथि मधेश प्रदेश जसपा नेपाल का प्रमुख सचेतक शैलेन्द्र कुमार यादब ले आउंदो स्थानीय निकायको निर्वाचनमा जित हासिल गर्न का लागि जसपा नेपालका स्थानीय स्तरका नेता र कार्यकर्ताहरु एक जुट भएर लाग्नु पर्ने कुरा बताउनुभएको छ।
जसपा नेपाल शहिदनगर नगरपालिका का नगर अध्यक्ष दिनेश प्रसाद यादवको अध्यक्षता सम्पन्न कार्यक्रममा प्रदेश सदस्य षडानन्द प्रसाद यादव, जिल्ला अध्यक्ष पशुपति यादव, बौद्धिक पेशा कर्मि महासंघ का केन्द्रिय उपाध्यक्ष ई जितेन्द्र यादव, जिल्ला उपाध्यक्ष अम्भु प्रसाद साह,संघीय समाजवादी विधार्थी फोरमका केन्द्रीय महासचिव बरुण यादव, समाजवादी युवा संघ का उपाध्यक्ष उमेश निराला, नगर उपाध्यक्ष द्वय उपेन्द्र ठाकुर,रामसुन्दर यादव युवा नेता सुशील साह सहित का वक्ता हरुले स्थानीय निकायको निर्वाचनमा जसपा को जितका लागि एक जुट भएर लाग्नु पर्ने आवश्यकता माथि जोड दिएका छन्।
सो कार्यक्रममा शहिद नगर नगरपालिका वार्ड नं १ देखि वार्ड नं ९ सम्म का स्थानीय स्तरका नेता र कार्यकर्ताहरु को उल्लेखनीय सहभागिता रहेको थियो।
प्रतिक्रिया दिनुहोस्