जनकपुरधाम, फागुन २५ गते । महोत्तरीको एमालेका सयौंको संख्यामा नेता तथा कार्यकर्ताहरुलाई पुर्वमन्त्री कुशवहाले पार्टी प्रवेश गराएको छ।
जनता समाजवादी पार्टीका मधेश प्रदेशका प्रदेश सभा सदस्य एवम् पुर्व आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोज सिंह कुश्वाहाले जसपाको मुल राजनीतिक उद्देश्य रहेको बताउनु भएको छ।
महोत्तरीको मनरा सिस्वा नगरपालिका वडा नंबर २ मा आयोजित वृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व राज्य मन्त्री कुश्वाहाले सदियौ देखी विभेदमा रहदै आएको मधेशी, महिला, दलित, जनजाति, मुस्लिम लगायतका समुदायको मुक्तिका लागी आफुहरु शुरु देखी नै लडदै आएको र आफु राजनीतिक उद्देश्य समेत त्यही रहेको बताएका छ्न ।
पहिचान लाई केन्द्र देखी मधेश भरीमा राखेर भएको मधेश जनविद्रोहले एक हद सम्म मधेशी आदिवासी जनजाति महिला मुस्लिम लगायतका समुदायलाई पहिचान दिलाउन सफल भए पनि आर्थिक , राजनीतिक र समाािजक अधिकारका लागी अझै लडन बाँकी रहेको बताएका छ्न।
पुर्व राज्य मन्त्री यादवले भने मधेश प्रदेशको नामाकरण संगै मधेशी जनताले पहिचान प्राप्त गरे पनि मधेश प्रदेशमा समेटन नसकिएका मधेशीहरुको पहिचानको लागी मेची देखी महाकाली सम्म आन्दोलन जारी राख्ने उदघोष गर्दै अध्यक्ष यादवले त्यसका लागी मधेश प्रदेशका नागरिकले सहयोगी भूमिका निर्वाह गर्नु पर्ने।
पहिचानको आधारमा मधेश प्रदेश नामाकरण भएपछि अन्य प्रदेशमा समेत पहिचानवादी हरु उत्साहित भएको उल्लेख गर्नु हुँदै कुश्वाहाले अन्य प्रदेश समेत पहिचानको मुद्दाले तरंगित भएको बताए ।
संघीय लोकतान्त्रिक गणतन्त्रका साथै उत्पीडित समुदायको लागी लडदै आएको जसपा माथि निरन्तर आक्रमणको प्रयास जारी रहेको दावी गर्दै पुर्व राज्य मन्त्री कुश्वाहाले गणतन्त्र र संघीयता विरोधी त्यस्ता शक्तिको सामना गर्न मधेशी जनजाति लगायतका उत्पिडित समुदाय तयार समेत रहेको बताए ।
सो कार्यक्रममा जसपा नेपालका महोत्तरी जिल्ला नगर संयोजक महेन्द्र राय मुखियाको अध्यक्षतामा भएको वृहत पार्टी प्रवेश कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य डा. सुरेन्द्र कुमार यादव, संघीय परिषद सदस्य दिपक झा,क्षेत्रीय अध्यक्ष गगनदेव यादव,जिल्ला सदस्य संजय सिंहले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा नेकपा एमालेका वडा संयोजक राम भजन मंडलको नेतृत्वमा सयौ नेता कार्यकर्ता जसपामा प्रवेश गरेका छन । नव प्रवेशीहरुलाई पुर्व राज्य मन्त्री सरोज सिंह कुश्वाहा र डा . सुरेन्द्र कुमार कुमार यादव सहितका अतिथिहरुले गम्छा र फुल मला लगाई पार्टीमा स्वागत गर्नु भएको थियो ।
सो कार्यक्रममा क्षेत्रिय न. ४ ख को क्षेत्रीय अध्यक्ष राम सागर मंडल,उपाध्यक्ष रामाकान्त झा,सचिव सुनिल महतो,जसपा नेता सुनिल यादव,नेता नागेन्द्र साह,नगर सचिव सुमित ठाकुर,किसान संघठन नगर अध्यक्ष रामहरि ठाकुर,जिल्ला सदस्य मुदिन कवारी, मनरा सिस्वा नगरपालिका वडा २ का सह- संयोजक रविन्द्र चौधरी ३ सोनौलका वडा अध्यक्ष महेन्द्र यादव र वडा न. १० का वडा अध्यक्ष रमेश राय लगायतको उपस्तिथिमा कार्यक्रम सम्पन्न भयो।
प्रतिक्रिया दिनुहोस्