जनकपुर । जनकपुरधामबाट २ वटा मोटरसाइकल चोरी गरेर भाग्दै गरेका दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
जनकपुरधाम उपमहानगरपालिका-५ स्थित महावीर चोकमा पार्किङ गरी राखेको मोटरसाइकल चोरेर भाग्दै गर्दा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।प्रदेश २–०३–००९ प २९२६ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकल लगिरहेका सिरहाको मिर्चैया नगरपालिका- २ का २० बर्षीय अर्जुन यादव र बा. ९६ प. ९७८० नम्बरको मोटरसाइकल लगिरहेका सोही ठाउँका १९ बर्षीय दीपेन्द्र यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।शंका लागेर सोधपुछ गर्दा उनीहरुले महावीर चोकस्थित भित्री गल्लीमा पार्किङ गरेको मोटरसाइकल चोरी गरेर भाग्न लागेको देखिएकाले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनीहरुलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट अनुमति लिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्