जनकपुरधाम, चैत्र १ गते। नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले मधेश प्रदेश द्वारा राजधानी जनकपुरधाममा होलि मिलन शुभकामना समारोहका आयोजना गरिएको छ।
समृद्धि, समाजिक एकता र सद्भावको पर्व होलीको अवसरमा आयोजित शुभकामना कार्यक्रम मा सहभागी अधिकांश वक्ताहरुले लोकतन्त्र र संघीयता रक्षण का लागि राजनीतिक दलका नेता र देशको चौथो अंग पत्रकार ले संयुक्तरुपमा सहकार्य गरि अघि बढ्नुपर्ने आवश्यकता माथि जोड दिएका छन्।
नेपाल पत्रकार महासंघ मधेश प्रदेश का अध्यक्ष राजेश कुमार कर्ण को अध्यक्षता मा सम्पन्न कार्यक्रममा मधेश प्रदेश का प्रदेश प्रमुख हरि शंकर मिश्रा, जनता समाजवादी पार्टी मधेश प्रदेश संसदीय दलका उपनेता प्रदेश रामअशिष यादव, प्रदेश सांसद हरु परमेश्वर साह, ज्ञानेन्द्र यादव,सरोज सिंह कुशवाहा, शारदा देवी थापा,मंजु यादव, जनकपुरधाम उपमहानगरपालिका का प्रमुख लाल किसोर साह, मटिहानी का प्रमुख हरिप्रसाद मंडल, जनकपुरधाम उधोग वाणिज्य संघ का उपाध्यक्ष अम्भु प्रसाद साह,बरिष्ठ पत्रकार द्वय राजेश्वर नेपाली, रामभरोस कापडि, बरिष्ठ साहित्यकार परमेश्वर कापडि, बरिष्ठ पत्रकार दिपेन्द्र चौहान,नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष मनिका झा सहित का वक्ता हरुले शुभकामना व्यक्त गरेका छन्।
प्रतिक्रिया दिनुहोस्