जनकपुरधाम चैत्र १८ गते। मधेसी,दलित आदिवासी,जनजाति मुस्लिम महिला र पिछडावर्गको अधिकार का लागि संघर्ष गर्ने एक मात्र पार्टी जसपा नेपाल रहेको कुरा मा अधिकांश वक्ताहरुले जोड दिएका छन्।
जनकपुरधाम उपमहानगरपालिका वडा नं १७ को कनकपटी स्थित सरस्वती बजार मा अायोजित वार्ड भेला तथा समायोजन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अधिकांश वक्ताहरुले ७५ वर्ष पुरानो पार्टी नेपाली कांग्रेस र ७२ वर्ष पुरानो पार्टी कम्युनिष्टले गर्दै आएको कुशासनबाट उन्मुक्ति का लागि जसपाका उम्मेदवार हरुलाई जिताउन अाग्रह गरेका छन्।
सहभागी वक्ताहरुले मुख्य मन्त्री लालबाबु राउतको नेतृत्व रहेको मधेश प्रदेश सरकार ले सदियौं देखि शोषित पीडित रहिआएको मधेसी, दलित, आदिवासी,जनजाति मुस्लिम,महिला पिछडावर्गको अधिकार का मधेश प्रदेश मा कानुन बनाएर सुनिश्चित गरेको जानकारी गराएका छन्।
कांग्रेस र कम्युनिष्ट ले गरेको ३० वर्ष को विकास र संघीयता भएपछि को ४ वर्ष को जसपाले नेतृत्व गरेको प्रदेश सरकार र स्थानीय सरकारले गरेको विकास को कार्यलाई तुलना गरि स्वयं मुल्यांकन गरि जसपा नेपाल को उम्मेदवारीहरुलाई जिताउन आग्रह गरेका छन्।
जनकपुरधाम उपमहानगरपालिका वडा नं १७ का वार्ड अध्यक्ष परमेश्वर यादव को अध्यक्षता मा सम्पन्न कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख,जसपा नेपाल का केन्द्रीय सदस्य लालकिसोर साह, प्रदेश सांसद रामअशिष यादव, केन्द्रीय सदस्य चन्देश्वर सदा, संघीय परिषद सदस्य द्वय ई विजय मंडल, रन्जित चौधरी,प्रदेश सदस्यहरु ममता मंडल, बौध्दिक नेता अमरेन्द्र झा,विजय कुमार भगत,ममता पाठक, साजिद हुसेन, इ प्रबिन यादव,उपाध्यक्ष अम्भु प्रसाद साह नगर अध्यक्ष विष्णु देव साह, नगर उपाध्यक्ष वासिम अकरम, जिल्ला नेता तेजनारायण यादव, जिल्ला सदस्य ललित मंडल,सदस्य दिनेश यादव, रामचन्द्र साह,रामअशिष मंडल सहित का वक्ता हरुले शुभकामना मन्तव्य व्यक्त गरेका छन्।
सो वार्ड भेला मा जनता समाजवादी पार्टी नेपालका नेता, कार्यकर्ता र समर्थकहरुको उल्लेखनीय सहभागिता रहेका छन्।
प्रतिक्रिया दिनुहोस्