काठमाडौं । नेकपा एमालेले निर्वाचन आयोगलाई ज्ञापन पत्र बुझाउने भएको छ ।
एमाले प्रचार प्रसार विभागका उप–प्रमुख विष्णु रिजालका अनुसार एमालेले दिउँसो आयोगको कार्यालय गएर ज्ञापन पत्र बुझाउन लागेको हो ।
‘निर्वाचन आयोगले आचारसंहिताका बारेमा केही उट्पट्याङ निर्णय गरेको छ । त्यसलाई सच्याउन आग्रह गर्दै ज्ञापन पत्र बुझाउन लागेका हौं,’ रिजालले भने । पार्टी महासचिव शंकर पोखरेलको नेतृत्वमा एमाले नेताहरु आयोग जान लागेका हुन् ।
























