जनकपुरधाम । धनुषाको मुखियापट्टी मुसरनिया गाउँपालिका नेपालकै सबैभन्दा होचो ठाउँमा जनता समाजवादी पार्टी (जसपा) नेपालले चुनाव सुनिश्चित गर्न एक बुथ सय युथ गठन पालिका भित्र अन्तिम अबस्थामा पुगेको छ ।
मुखियापट्टी मुसरनिया गाउँपालिकामा जयकुमार यादवको नेतृत्वमा चुनाव लडन निश्चित भएदेखि नै चुनावको विभिन्न रणनीतिहरु तयारी गर्दै पालिकामा जनसैलाब नै उत्रिएका छन् ।
कार्यक्रम बिशिस्ट अतिथि जसपा केन्द्रिय निर्वाचन समिति सदस्य जितेन्द्र यादवले भने, अब मुखियापट्टी मुसरनिया लगायत क्षेत्र नम्बर-३ मा बिरासतको राजनीति र पुस्तैनी राजनीतिलाई समाप्त पार्ने प्रतिबद्धता व्यक्त गर्दै बिगतमा जुन किसिमको मधेस र मधेसीको व्यवहार गरेको छ, क्षमा योग्य नभएको बताएका छन् । त्यस्तै पालिकामा ६ वटा रहेको सम्पूर्ण वडामा एक बुथ सय युथ गठन गरिसकेको यादवले समेत जानकारी गराए ।
पालिका नेतृत्व गर्ने अध्यक्ष जयकुमार यादवले, भने अहिलेको अबस्थामा मुखियापट्टी मुसरनिया गाउँपालिकामा समग्र बिकास नै अन्योलमा राखेको आरोप लगाउदै पालिकामा शिक्षा, स्वास्थ्य, कृषि, यातायात र कृषि बिधुतिकरण लगायत सम्पूर्ण बिकासको नष्ट पारेको जानकारी गराए। पालिकामा कमिसन र भ्रष्टाचारको आड्डा नै बनाएको कुरामा जोड दिदै यो सम्पूर्ण कुरालाई अन्त गर्ने प्रतिबद्धता समेत गरेका थिए।
पार्टी अध्यक्ष भरत साहको अध्यक्षता भएको कार्यक्रममा प्रमुख अतिथि जसपाका संघीय सदस्य युगलचन्द्र चौधरी, बिशिस्ट अतिथिद्वय केन्द्रिय सदस्य बेचन, जिल्ला सदस्य शशिचन्द्र यादव, बिनोद यादव लगायत स्थानीय नेता तथा कार्यकर्ताहरुको भव्य उपस्थिति रहेको थिए ।
प्रतिक्रिया दिनुहोस्