जनकपुरधाम, चैत २१ गते। समाजवादी युवा संघ, नेपाल धनुषाको जिल्ला अध्यक्ष दिपु कापरीको अध्यक्षतामा भएको जिल्ला युवा भेलाबाट ५१ सदस्यीय जिल्ला अधिवेशन तयारी समिति गठन गरिएको छ। यस समितिको संयोजक मदन साह र सदस्य सचिव राम कुमार साह रहनेछन्।
कार्यक्रममा जसपा, नेपाल मधेस प्रदेश अध्यक्ष बालकिशोर यादवको प्रमुख आतिथ्य र युवा, विद्यार्थी तथा खेलकुद विभाग प्रदेश इन्चार्ज पूर्व मन्त्री ज्ञानेन्द्र यादव, युवाका केन्द्रीय अध्यक्ष संजिब यादव, प्रदेश अध्यक्ष कमलेश यादव, उपाध्यक्ष सुरज सिंह, मुख्यसचिव दिप्पु कापरी, प्रदेश सदस्य जय नारायण यादव लगायत युवाहरुको उपस्थितिमा सर्व सहमतिमा जिल्ला अधिवेशन तयारी समिति गठन गरियो।
समाजवादी युवा संघ, मधेस प्रदेशका मुख्यसचिव दिपु कापरीले यस समितिको गठनले जिल्लामा संगठनलाई थप बलियो बनाउने विश्वास व्यक्त गरे।
























