जनकपुरधाम । धनुषाको हँसपुर नगरपालिकाको वडा नम्बर ४ नरहिया स्थित एक इनारमा मोनोक्लेड कोबरा देखिएपछि स्थानीयहरुले नागदेवता भन्दै पूजा सुरु गरेको छ । विगत एक सातादेखि सो इनारमा रुपैयाँ, लडडु, अगरबति चढाउँदै जस्तै गाउँ गाउँ बाट सर्वसाधारण लगायत स्थानीयहरुको भीड बढन थालेको छ ।
धनुषा जिल्लाकाे एक इनारमा मोनोक्लेड कोबरालाई नाग देवता भन्दै स्थानीयहरुले पूजा गर्ने थालेकाे छ ।
पानी दराद सर्प इनारमा उनको फन (छत्तर) मा आकृति देखेपछि स्थानीयहरुले नाग सर्प रहेको भन्दै पूजा गर्ने थालेको हाे । यो सर्पको फनमा हिराजस्तै चित्राआकार देखिन्छन् ।
इनारमा सर्प एकजनाले मात्र देखेथियो स्थानीयहरुलाई बोलाए त्यसपछि सो ठाउँका वृद्धवृद्धाहरुले नाग देवता भन्दै प्रचार गरेपछि विभिन्न ठाउँबाट सर्वसाधारणहरु सो इनारमा नाग सर्प भन्दै हेर्न आएका छन् ।
सोमबार मात्र एक वृद्ध सो इनारमा कुदेर सर्पलाई ढोग्न गएको भिडियो पनि राखिएको थियो । सो सर्प इनारभित्रै रहेको दुलोमा पसेकोले त्यतिबेला बृद्धलाई केही पनि नगरको बताइएको छ । इनार सुकेपछि सो कोबरा सर्प देखिएको हो ।
उनीहरुले नाग देवता छ भन्दै केही पनि गर्न नदिने अडान राखे बताए । यो सर्पलाई चिसो लागेपछि घाम ताप्नका लागि मात्र बाहिर निस्कने बताए । अहिले गाउँ गाउँबाट सर्वसाधारण हेर्नेको भीड आउने गरेको छ ।
वैज्ञानिक भाषामा सो सर्पलाई मोनोक्लेड कोबरा अर्थात दराज सर्प, पानी दराद सर्प भनेर पनि चिनिन्छ । यो सर्प एकदमै विषालु सर्पको कोटीमा राखिएको छ ।खवर पाएलगत्तै सर्पको उद्धारको लागि सो स्थल पुगेका मण्डलका टोलीलाई स्थानीयहरुले उद्धार गर्न दिएनन् ।
























