उत्तर भारतमा भूकम्पको ठूलो धक्का महशुस गरिएको छ। शुक्रबार राति भारतीय समयअनुसार १० बजेर ३१ मिनेटमा भूकम्पको धक्का महशुस गरिएको हो।
भूकम्पको असर भारतको दिल्ली, हरियाणा, राजस्थान, जम्मुकश्मीर लगायतका क्षेत्रमा परेको छ।
भूकम्पको केन्द्रबिन्दु ताजिकिस्तान रहेको बताइएको छ। जसको तीव्रता ६.३ रेक्टरस्केल रहेको पाइएको छ।
भूकम्प आएपछि भरभित्र रहेका तथा खाना खाने तयारीमा रहेका दिल्लीलगायत क्षेत्रका मानिस सडकमा निस्किएका थिए। तर, हालसम्म भूकम्पको कारण अप्रिय घटनाका कुनै खबर नआएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। कश्मीरका केही घरमा भने क्षति पुगेको बताइएको छ।
भूकम्पको धक्का पाकिस्तान, अफगानीस्तानलगायतका क्षेत्रमा पनि गरिएको छ।











