जनकपुर युवा समाज समितिद्वारा आज जनकपुर उपमहानगरपालिका-७जानकी नगर निवासी फातिमा खातुनको छोरीको बिहेमा रु२१,०००/-रुपैँयाले आर्थिक सहयोग गरेका छन्।
ज्याला मजदुरी गर्दै आएकी खातुनलाई छोरीको बिहेमा आर्थिक समस्या परेकोले युवा नेता फिरोज खानले खातुनको घरमा नै गएर आर्थिक सहयोग गरेका छन् ,जो प्रशांसायोग्य रहेका छन्।विगत केही महिनादेखि जनकपुर युवा समाज समितिद्वारा समाजमा रहेका गरिव, दीन दुखी ,विधवा महिला लगायत आर्थिक अवस्था कमजोर भएका परिवारहरुको छोरीहरुको विहेमा आर्थिक सहयोग गरेका छन्।
जनकपुर युवा समाज समिति संस्थाको मुख्य उद्देश्य नै गरिव ,दीन,दुखी , अपाङ्ग , अनाथ, असाह्य , अति बिपन्न परिवारका बालबालिकाहरुको शिक्षादीक्षा,बिहे लगायत हाम्रो समाजमा रहेका दलित ,आदिवासी जनजाति,मुस्लिम ,महिला , पिछडावर्ग, सीमान्तकृत समुदाय ,पछाडि परेका समुदायको उत्थान तथा विकासको लागि खोलिएको संस्था हो।
कुनै पनि समुदायलाई कुनै पनि किसिमको भेदभाव नगरि समाजमा”मानवको सेवा नै ठूलो धर्म हो र मानिस कर्मले महान बनिन्छ “भन्ने नाराका साथ जनकपुरका युवाहरुले देश र समाजप्रति आफ्नो कर्तव्य, जवाफदेहीता,समतामूलक समाज र नयाँ नेपालको निर्माण मा जनकपुर युवा समाज समितिद्वारा हिमाल, पहाड र तराई/मधेश का जनताहरुलाई “नेपालीपनको नाताले यस “जनकपुर युवा समाज समितिद्वारा देश र जनताको हितमा हरहमेशा अग्रसर रहनेछन् यसका साथै देशको स्वाभिमान, स्वतन्त्रता , सार्वभौमसत्ता र पहिचानको रक्षाको लागि लागि जनकपुर युवा समाज समिति हरहमेशा तयार रहनेछन्।











