धनुषाको जनकपुर उ म न प १८ भोइलमा सांसद राम अशिष यादव द्वारा विजेता टीमलाई पुरस्कार तथा भव्य स्टेडियमको शिलान्यास गरेका छ्न।

एक कार्यक्रम बिच जनकपुरधाम उ.म.न.पा वार्ड-१८ मा भएको क्रीकेट प्रतियोगिताको समापन समारोहमा आज विजेता टिमलाई प्रमुख अतिथि प्रदेश २ को प्रदेश सभा सदस्य माननीय रामअशिष यादव द्वारा पुरस्कार वितरणको साथ साथै सो स्थानमा भव्य स्टेडियमको निर्माण कार्य निम्ति आज शिलान्यास गरेका छ्न।

उक्त शिलान्यास कार्यक्रममा जसपा धनुषा जिल्ला अध्यक्ष पशुपति यादव, उपाध्यक्ष अम्भु प्रसाद साह, नगर अध्यक्ष बिष्णुदेव साह, उपाध्यक्ष वासिम अकरम, प्रदेश सदस्य ममता मण्डल, संघीय परिषद सदस्य बिजय मण्डल, विद्यार्थी नेता बिकास यादव लगाईत जसपा का नेता तथा स्थानीय युवा, विद्यार्थी, खेलाडी, बुद्धिजीवी, महिलाहरुको सहभागीता थियो।












