बलिराम कापरी/जनकपुरधाम
धनुषा स्थित मिथिलाविहारी नगरपालिका-४ रमौलमा जनता समाजवादी पार्टी नेपालले मस्जिदको शिलान्यास तथा पार्टी प्रवेश कार्यक्रमको लागि पुर्व तयारी बैठक गर्दैछ ।

मिति २०७७/११/११ गतेका जसपा नेपालले मिथिलाबिहारी नगरपालिका रमौल टोलमा मस्जिद तथा पार्टी प्रवेश कार्यक्रम मुख्यमन्त्री लालबाबु राउत ज्युको उपस्थितिमा हुने भव्य र सभ्य बनाउनका छलफलमा उपस्थित जसपा नेपाल केन्द्रिय सदस्य सुरेन्द्र कुमार मंडल, दिपक कार्की, साधु यादव र रमन सिंह रहेको थिए । त्यस्तै नजिकमा पर्ने सम्पूर्ण पालिका अध्यक्षहरु समेत उपस्थिति रहेकोे थियो ।

सो कार्यक्रमको जसपा नेपाल मिथिलाबिहारी नगरपालिकाका अध्यक्ष सीता यादव ज्युको संयोजकत्वमा ३५ सदस्य मुल समिति सहित उपसमितिहरु समेत गठन गरेको छ । उक्त समितिले आउदो दिनहरूमा हुने कार्यक्रमको प्रचारप्रसार जोडतोर गर्ने निर्णय गरेको छ ।












