जनकपुरधाम । प्रदेश न २ संसदीय दलके उपनेता तथा प्रदेश सांसद मा. रामअशिष यादवले सर्वोच्च अदालतले मुलुकलाई ठूलो दुर्घटनाबाट बचाएको बताएका छन् ।
संसद पुनःस्थापना गर्ने सर्वोच्चको फैसला स्वागतयोग्य रहेको भन्दै सांसद यादवले सर्वोच्चको फैसलाले सत्यको जित भएको बताए ।
‘मैले त भन्दै आएको हुँ सत्यभन्दा माथि शासक हुन सक्दैन । सर्वोच्च अदालतले मुलुकलाई दुर्घटनाबाट बचाएको छ । सर्वोच्चलाई धन्यवाद ’, यादवले भने ।सांसद यादवले संसद फाल्ने प्रधानमन्त्री केपी ओलीलाई संसदमा रहने अधिकार नभएको भन्दै राजीनामा नदिए संसदले प्रधानमन्त्रीबाट हटाउने बताए ।











