महोत्तरी- विहेको रथले किचेर एक १८ महिने बालिकाको मृत्यु भएको छ ।
औहरी नगरपालिका ५ श्रीपुरमा आमासंगै पुगेकी गौशाला नगरपालिका फुल्काहा बस्ने कमलेश यादवकी १८ महिने छोरी प्रियंका कुमारी यादलाई रथले किचेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोमबार साँझ करिब साढे ७ बजेको समयमा रोकिराखेको रथ अचानक गुड्दा सडक खेलिरहेकी बालिकालाई किच्न पुग्दा घटनास्थल मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।











