उमेश कुमार साह
सप्तरीको बोदे बर्साईन नगरपालिका वडा नम्बर ०५ स्थित श्री चन्द्रा नमूना मा. बिधालयको खेल मैदानमा शनिबारका दिन बोदे बर्साईनको सम्पुर्ण युवाहरुको पहलमा, “प्रथम स्लो बाईक राइड प्रतियोगिता सम्पन्न भएको छ । बिधालयको खेलमैदानमा स्लो बाईक रेस प्रतियोगिता समपन्न भएको हो । बाईक स्लो रेस प्रतियोगितामा बोदे बर्साईन नगरपालिका वडा नम्बर ०५ को अध्यक्ष मो. मजेबुर रहमानको प्रमुख अतिथिमा र श्री चन्द्रा नमूना मा. बि का शिक्षक जितेन्द्र प्रसाद गुप्ता तथा सम्पुर्ण युवा , सल्लाहकार को पहलमा उद्घाटन गर्नुभएको थियो।
स्लो बाईक रेस प्रतियोगितामा २६ जना स्लो बाईक राइडरको सहभागिता रहेको थियो भने सो प्रतियोगितामा प्रथम स्थान हासिल गरेका – आलोक यादवलाई नगद रु. २ हजार १ सय , मेडेल र प्रमाणपत्र पुरस्कार प्रदान गरिएको थियो । त्यसैगरी दोस्रोमा उमेश कुमार साह लाई १ हजार १ सय १ रुपैया र तेस्रो मो.सगिर अलि लाई ट्रफी ,मेडेल र प्रमाणपत्र पुरस्कार प्रदान गरिएको थियो ।
आयोजक समितिका अध्यक्ष बिमल कुमार यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा युवाहरु अनिल कपुर यादव ,गुलशन यादव , बिशेम्भर यादव , राजेश यादव ,अनिश मन्दल , राजु यादव लगायत दर्जन युवा र स्थानीयहरुको सहयोग र उपस्थिती रहेको थियो











