जनकपुरधाम,वैशाख २२। नया भेरियन्ट सहितको कोभिड-१९ महामारी नियन्त्रण तथा रोकथामका लागि UNFPA ले भारी मात्रामा स्वास्थ्य सामग्री सहयोग गरेका छन।UNFPA ले patient care का लागि ८०० थान गाउन(ppe),२००००थान सर्जिकल मास्क,९६० थान N95 मास्क,18000 थान मेडिकल मास्क,१००० थान फेर कभर,५०००० थान ग्लोभ्स,१००८ थान स्यानिटाईजर,१० थान थर्मल गन उपलब्ध गराएका छन।
नया भेरियन्टमा यति ठूलो मात्रामा स्वास्थ्य सामग्री सहयोग गर्ने पहिलो UN Agency वन्न पुगेको छ।उक्त सामग्रीहरु प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहको रोहवरमा प्रदेश स्वास्थ्य अापुर्ती केन्द्रका डा .राजिव झाले वुझेका थिए भने UNFPA का प्रदेश निर्देशक नरेन्द्र मिश्रले हस्तान्तरण गरेका थिए।
उक्त अवसरमा मन्त्री साहले धन्यवाद ज्ञापन गर्दै यस परिस्थितिलाई सामना गर्न सवैमा सहयोगको अपिल गरेका थिए।













