Advertisement
☰

काठमाडौं उपत्यकामा आज पनि २३ जनामा कोरोना संक्रमण पुष्टि

द प्रदेश टाइम्स
२०७७ असार २४, बुधबार २१:१६

काठमाडौं ।   काठमाडौं उपत्यकामा आज थप २३ जना सहित २५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १६ हजार ४२३ पुगेको छ  ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार काठमाडौं उपत्यकामा २३ जना संक्रमित थपिएका हुन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौंका ६ जना, पाटन अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका १० जना र ललितपुरका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २५३ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ७ हजार ७५२ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

मन्त्रालयका अनुसार नेपालका ७७ वटै जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको भएपनि पाँच जिल्ला कोरोनामुक्त भएका छन् । हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३५ पुगेको छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर