Advertisement

बझाङ पहिरो अपडेट : उद्धारमा गएको नेपाली सेनाको गाडी दुर्घटना

द प्रदेश टाइम्स
२०७७ असार २०, शनिबार १७:१५

धनगढी /  बझाङको पहिरोमा परेकाहरुको उद्धारमा गएको नेपाली सेनाको गाडी दुर्घटना भएको छ । केदारस्युँ गाउँपालिका वडा ८ को मल्लेसिमा पहिरोमा पुरिएकाहरुको उद्धार गर्न गएको सेनाको गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरीक्षक गणेश बमले बताए।

दुर्घटनामा गाडीमा सवार तीन जना घाइते भएका छन्।

शुक्रबार रातिको अविरल वर्षासँगै गएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ६ पुगेको छ । यस्तै १ जना अझै बेपत्ता छन् । पहिरोले पुरिएर केदार स्युँ गाउँपालिका–८ का ४२ वर्षीय राममती देवी जेठारा, उनका ११ वर्षीय छोरा प्रयाग जेठारा र ७ वर्षीय छोरी अस्मीता जेठाराको शव फेला परेको छ । यसअघि ८० वर्षीय दले जेठारा र १३ वर्षीया सन्तु जेठाराको शव फेला परेको वडा अध्यक्ष गणेशबहादुर बोहोराले जानकारी दिए ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर