जनकपुरधाम,असोज २ गते। अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस वेलनेस वर्ल्ड 2026 का विजेता सान्वी मण्डललाई गृह गाउँ भोइलमा विशेष स्वागत तथा सम्मान गरिएको छ।
मधेश प्रदेश सभाका सभामुख रामअशिष यादवले मिस वेलनेस वर्ल्डका विजेता मण्डललाई एक विशेष समारोहबीच दोसल्ला ओढाएर फुल मालाले सम्मान गर्नुभएको छ।
जनकपुरधाम उपमहानगरपालिका वार्ड नं १८ भोइल गाउँमा जन्मिकी सान्वी मन्डलले थाइल्याण्डको राजधानी बैंककमा हालै सम्पन्न अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस वेलनेस वर्ल्ड २०२६ का उपाधि जित्न सफल भएकी थिइन्।
सो अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा विश्वका २६ देशका प्रतियोगिहरुको सहभागिता रहेको थियो।
समाजसेवी ई विजय कुमार मण्डलको अध्यक्षता र बौधी माई पूजा समितिका अध्यक्ष भोगेन्द्र मण्डलको संयोजन तथा सम्पूर्ण भोइल गाउँबासी सहयोग तथा सहकार्यमा सम्पन्न सम्मान कार्यक्रममा प्रदेश सभा सदस्य ममता देवी मण्डल,ई मनोज कुमार मण्डल,अरविन्द कुमार मण्डल,कमलेश मण्डल सहित स्थानीय बासीहरुको उल्लेखनीय सहभागिता रहेको कुरा कार्यक्रम संचालक शिक्षक राम सिनेही मण्डलले जानकारी दिएका छन्।
समाजसेवी संजय मण्डल र सविता मण्डलकी छोरी सान्वीले मिस वेलनेस वर्ल्डका सर्वश्रेष्ठ उपाधि जित्न सफल भए पछि जन्मभूमि भोइलबासीले उत्साहपूर्वक स्वागत तथा सम्मान गरेका छन्।
सो विशेष अवसरमा विश्व विजेता सान्वीले बौधी माई मन्दिरको प्राङ्गण मधेश मिथिलाको मौलिक संस्कृति झिझिया नृत्यमा सहभागी भोइल की किशोरीहरुलाई अंग वस्त्र प्रदान गरि उत्साह बढाएकी छिन्।


तपाईको प्रतिक्रिया !