Advertisement

कुखुराको मासु र अण्डाको मुल्य बढ्यो

द प्रदेश टाइम्स
२०७७ असार २१, आईतवार १६:३६

काठमाडौं /  कोरोना भाइरसको महामारीका बेला अहिले  कुखुराको मासु र अण्डाको मुल्य बढेको छ ।

हाल बजारमा जिउँदो कुखुरा प्रतिकेजी २ सय ६० रुपैँया पुगेको छ भने अण्डा क्रेटको ३ सय ६५ रुपैयाँ पुगेको व्यवसायीले बताएका छन् । कुखुराको मासु प्रतिकेजी ३ सय ७५ रुपैयाँसम्म पुगेको छ । अहिले बजारमा जिउँदो कुखुरामा प्रतिगोटा १० रुपैयाँ, तयारी मासुमा १५ रुपैयाँ र अण्डाको क्रेटमा २५ रुपैयाँसम्म मूल्य बढेको हो ।

गत सातासम्म मासु प्रतिकेजी ३ सय ६० र अण्डा क्रेटको ३ सय ५० रुपैयाँमा किनबेच भइरहेको थियो । उत्पादनमा कमी आएपछि मुल्य बढाएको पोल्ट्री संघले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर