जनकपुरधाम,असोज २१ गते। मधेश प्रदेश सभाका सभामुख रामअशिष यादवले संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक लिला पिटर्स याहियालाई मधेश प्रदेश सभा जनकपुरधाममा स्वागत तथा सम्मान गर्नुभएको छ।
सो अवसरमा सभामुख यादवले मधेश प्रदेश सभाको संस्थागत विकासमा संयुक्त राष्ट्रसंघीय साझेदारी महत्वपूर्ण रहेको साथै युएनडिपी मार्फत संचालित पिएसपि कार्यक्रमले प्रदेश सभा सदस्य, कर्मचारीहरुको क्षमता अभिवृद्धि, कानून निर्माण मा सहयोग भएको कुरा अवगत गराउनुभयो।
सो अवसरमा प्रदेश मामिला समिति का सभापति रत्नेश्वरलाल गोइत, अर्थ तथा योजना समितिका सभापति अनिता साह, सभाका सचिव वासु प्रसाद कोइराला सहित युएन ऐजेन्सीका मधेश प्रदेश का प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
सभामुख यादवसंग शिष्टाचार भेटघाट पछि संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक लिला पिटर्स याहियले मधेश प्रदेश सभाको बैठक कक्ष र पुस्तकालय अवलोकन गरेकी थिइन्।


तपाईको प्रतिक्रिया !