लेखक : पंकज ठाकुर ।
द प्रदेश टाइम्स / जनकपुरधाम भाद्रो २५ गते
सम्भव त नेपालकै पहिलो पोखरी वा कुण्डमा विधि विधानपूवर्क तामझामका साथ गरिने सन्ध्याकालिन
आरती जनकपुरधामको महागंगा आरती(माता जानकी र देवी गंगाको संयुक्त आरती) हो ।
जनकपुरधामको प्रशिद्ध धार्मिक कुण्ड गंगासागरको किनारमा वि.सं. २०७१ जेठ २५ गते गंगा
दशहराको दिन देखि शुरुभएको महागंगा आरती अहिलेको विशम परिस्थितीमा पनि निरन्तर गरिँदै
आएको छ ।जनकपुरधाम परापूर्वकाल देखि नै प्रसिद्ध धार्मिक स्थलको रुपमा परिचित रहेकोमा महागंगा
आरतीले यसको सौंदर्यतामा निखार ल्याएको छ । महागंगा आरती अहिले स्थानिय, देशी र विदेशी
पाहुनाको लागि धार्मिक स्थलका साथै पर्यटकिय स्थानको रुपमा चिनाउन पनि ठूलो योगदान पुर्याएको
छ । प्रत्येक दिन साँझ सात बजे शुरु हुने उक्त महागंगा आरती हेर्न भक्तजनहरुको ठूलै भिड लाग्ने
गरेको छ । भिड पनि किन नलागोस् साँझको प्रहर, शीतल हावा, आरतीको दीपकले झिलिमिलि
उज्याला,े घण्टीको आवाज शंखको ध्वनी ,दिव्य वासना र मीठो स्वरमा महागंगा आरतीले सबैलाई
आकर्षण गर्ने गरेको छ ।
कसरी शुरु भयो त महागंगा आरती?
“५२ कुटि ७२ कुण्ड चलतै सन्त झुण्डक झुण्ड”ले प्रख्यात धार्मिक तथा सांस्कृतिक नगरी
जनकपुरधामका सबैभन्दा पुरानो धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको पोखरी गंगासागर ,धनुष
सागर विगत केही वर्ष अगाडि जनकपुरधामको अरु पोखरी जस्तै व्यवस्थापनको कमीले फोहर र
अव्यवस्थित गंगासागरलाई व्यवस्थित, सफा र सौंदर्यीकरण गर्ने अठोटका साथ समाजसेवी,
पर्यावरणरक्षक, सरसफाई अभियन्ता एवम् हाल प्रदेश २ का प्रदेश सांसद तथा जसपा का संसदिय
दलका उपनेता समेत रहेका राम आशिष यादवले वि. सं २०७० फागुन ११ गते शनिबार देखि
साप्ताहिक रुपमा विभिन्न पत्रकार समाजसेवी मानव अधिकारकर्मी उद्योगी व्यवसायी प्रहरी सेना शसस्त्र
प्रहरी स्गानियवासी विद्यालय विद्यार्थीहरुका सहयोगले गंगासागर सरसफाई महाअभियानलाई
निरन्तरता दिए । साथै गंगासागरको वरिपरी विभिन्न बोट विरुवाहरु पनि लगाउँदै यसलाई
सौंदर्यींकरणमा लागि परे । हिजोका दिनमा मानिस उक्त सागरको नजिक पनि जान नचाहने ठाउँलाई
एउटा मनोरम आकर्षक पर्यटकिय स्थलको रुपमा परिनत गरियो ।
गंगासागरका सरसफाई देखि शुरु गरिएका सरसफाई अभियानलाई निरन्तरता दिँदै अभियन्ता राम
आशिष यादवले एउटा नयाँ नारा ूऋभिबल व्बलबपउगचमजबm न्चभभल व्बलबपउगचमजबmू को
शुरुवात गर्दै अहिले सम्म दर्जनौ स्थानमा सरसफाई गरी हजारौं बोट विरुवा वृक्षारोपण गरिसकेका
छन्। उनको भनाई छ “पर्यावरण रक्षा जीवन रक्षा “–क्बखभ भ्लखष्चयलmभलत क्बखभ ीषभू ।
उनको उक्त सामाजिक कार्यबाट प्रभावित हुँदै अमेरिका स्थित लुइस विश्व विद्यालयका अंग्रजीका
विभागाध्यक्ष प्रमोद मिश्रले आफ्नो एक आर्टिकलमा जनकपुरधामको महागंगा आरती, यसको इतिहास ,
राम आशिष यादवको निकै प्रशंसा गरेका थिए। जुन वि.सं. २०७६ फागुन १० गतेको कान्तिपुर राष्ट्रिय
दैनिकमा समेत छापिएको थियो। अहिले उनको अभियानबाट प्रेरित भई सयौं हातहरु जेडिएका छन्
जसले विभिन्न समयमा विभिन्न स्थानमा सरसफाई अभियान गरीरहेका छन्। आम जनमानसले पनि
उनीबाट प्रेरणा लिनु आवश्यक देखिन्छ।
हिन्दु धर्म अनुसार मानिसले कुनै पनि नयाँ कार्यको शुभारम्भ आरति गरेर गर्ने गर्दछन् । जस्तै
नवविवाहित दम्पत्तिलाई घर भित्र्याउँदा उनिहरुको आरती उतार्ने गरिन्छ। त्यस्तै कुनै बहुमुल्य वस्तु
खरिद गर्दा समेत त्यसको आरती उतार्ने गरीन्छ। मानिस घरबाट टाढा जान लाग्दा आरती उतारिन्छ
भने बच्चाहरुलाई कुदृष्टिबाट बचाउन पनि आरती उतार्ने गरिन्छ।
करिब ६ वर्ष देखि अनवरतरुपमा संचालित महागंगा आरती दैनिक रुपमा ३जना पुरोहितले एकैसाथ,
एकै शुर ,स्वर एकै चालमा बहुसंख्यक हस्त दिपक आरती गर्ने गरेको आरतीको दृश्यले झनै
मनमोहक बनाउँछ ।उक्त आरती विभिन्न छ चरणमा गरिन्छ । प्रथम चरणमा अगरबत्ति लिएर आरती
गरीन्छ भने दोस्रो चरणमा धूमन आरती गरिन्छ जसमा धूमन –धूपी सल्लाको चोप वा खोटो ,धूप र
गाईको गोवर सुकाएर बनाएको “गोइठा” लाई मिश्रण गरी अग्नी प्रज्वलित गरिएको हुन्छ । तेस्रो
चरणमा फुलबत्ती(सतदीप ) लिएर आरती गरीन्छ जसमा प्रत्येक दिपकमा ्रघ्यू कपूर र कपासले बनेको
दिपक प्रज्वलित गरीन्छ । चौथो चरणमा नागबत्ती आरती गरीन्छ। जसमा पुनःधूप र धूमन मिसाएर
अग्नी प्रज्वलित गरिन्छ । पाँचौ चरणमा रुमाल लिएर आरती गरीन्छ भने अन्तिम चरणमा मयुर पंख
लिएर आरती गर्ने गरिन्छ। यसरी गर्ने आरतीको शुरुवात शंख बजाएर गरीन्छ भने माता जानकी र देवी
गंगालाई विश्राम गराइने काम घोडाको पुच्छरको रोँबाट बनेको चमरले गरिन्छ । पूर्वकालमा राजा
महाराजाहरुलाई विश्रामको समय सेवकले चमर प्रयोग गर्ने गर्दथे।
यसरी गरिने आरतीको धार्मिक र वैज्ञानिक दृष्टिकोण फरक भएपनि यसको महत्त्व भने दुवै पक्षले
पुष्टि गर्ने गर्दछन्।
धार्मिक दृष्टिकोणले पूजाआजाको अन्त्यमा गरिने आरतीले देवी देवता असाध्यै खुशी हुने र बढि
आशिर्वाद दिनु कोसाथै उक्त स्थान शुद्ध र दानवीय कुदृष्टिबाट सुरक्षित रहने तर्क रहेको छ भने शंख
र घण्टिको ध्वनि जहाँ सम्म सुनिन्छ त्यहाँ सम्म काल र कष्ट टाढा भाग्ने आस्था रहेको छ । एउटा
भनाई छ “शंख बाजे काल भागे ”।
त्यसैगरी वैज्ञानिक दृष्टिकोणले हेर्दा आरतीमा प्रयोग गरीने धूप, घ्यू, सुकेको गोवर, धूमन, कपूर
आदिबाट प्रज्वलित अग्नीबाट निस्कने धूँवा जब हावामा मिल्ने गर्छ यसले हावालाई शुद्ध पार्ने अर्थात
यसमा भएको विभिन्न किसिमको शुक्ष्म जीवाणु – (द्यबअतभचष्ब बलम ख्ष्चगकभक० लाई समेत मारेर
हामीलाई शुद्ध प्राण वायू –(अक्सिजन) समेत प्रदान गर्दछ । यति मात्र नभएर उक्त आरतीबाट निस्कने
धुँवा श्वास फेर्दा यसले हाम्रो शरीर र मष्तिस्कमा रहेको नकारात्मक
सकारात्मक उर्जा थप्ने कार्य गर्दछ । जसले हामीलाई शारीरिक र मानसिक रुपमा स्वस्थ र स्फूर्त
बनाउने गर्दछ ।
महागंगा आरतीको प्रसादको रुपमा परम्परागत हिन्दु संस्कृतिमा पुजाआजामा प्रयोग गरिने
मखान,वतासा, मिश्री, काजु,किसमिस र फलफुल चढाई वितरण गरिन्छ । दैनिम रुपमा गरिने आरतीमा
आबद्ध पुरोहितको तलब व्यवस्था र आरती सामग्री फुलमाला प्रसादको लागि उक्त स्थानमा राखिएको
दान पेटिका बाट संकलित रकम सेभ हिस्टोरीकल जनकपुरधाम महागंगाआरतीको नाममा खोलिएको
बैंक खातामा जम्मा गरी सो खाता बाट संचालन गरिन्छ। अपुग भएको खण्डमा अभियन्ता यादव स्वयम्
र आफ्ना सहयोगी हातहरुबाट सहयोग लिई संचालन गर्ने गरेका छन्।
उक्त आरतीमा माता जानकी र जनकपुरधामको महिमा बयानका साथै मैथिल संस्कृतिको झलक
मनमोहक स्वरमा गाइएको महागंगा आरतीको धुन बज्ने गर्दछ । उक्त धूनको रचना र स्वर स्थानिय
गीतकार संगितकार र गाएकहरुबाट नै तयार पारिएको छ। गंगासागरमा पर्यटकहरुको मनोरञ्जनको
लागी बोटिङ्ग (डुंगा) पनि संचालनमा ल्याइएको छ ।
भक्तजनहरुले आरती गर्न जादाँ माटोको दीप प्रज्वलन गर्नु भन्दा गहुँको पिठोको दीप बनाई त्यसमा
तेलको साटो कपास, कपुर र घ्युको मिश्रण बाट बत्ती बनाई आरती प्रज्वलित गरीन्छ । यसरी
बनाईएको आरती भ्अय ँचष्भलमथि हुने गर्छ र त्यसमा दीपक निभे पछि उक्त पीठोले बनाइएको
दीपकलाई पोखरीमा हाल्दा यसले जलप्राणी जस्तै माछालाई आहारा पनि प्रदान गर्दछ ।
जनकपुरधामको गंगासागरमा शुरु भएको महागंगा आरतीको प्रभाव धनुषा, महोत्तरी जिल्ला सहित
नेपालको अधिकांश स्थानहरुमा परेको छ ।महोत्तरी जिल्लाको जलेश्वरनाथ महादेव मन्दिरमा शिव गंगा
आरती , सिरहाको प्रसिद्ध दुर्गा पोखरीमा, हलेसी महादेवस्थानमा , विरगंजको घरहरवा पोखरीमा,
नारायण घाटको देवघाटमा, पोखराको फेवातालमा , काठमाडौंको पशुपतिनाथस्थित बागमति नदिको
किनारमा गंगा आरतीे शुरु भइसकेको छ ।
यसरी शुरु गरिएको महागंगा आरतीले धार्मिक, सांस्कृतिक र पर्यटकिय सम्भावना समेत बोकेको हुँदा
यसको प्रचार प्रसार राष्ट्रिय र अन्तरराष्ट्रिय स्तरमा गर्न सके जनकपुरधामको लोकप्रियताको साथै
यसलाई पर्यटकिय नगरीको रुपमा विकास गर्न टेवा पुग्नेछ र यसलाई पर्यटकिय नगरीको रुपमा
विकास गरी अधिक स्वदेशी र विदेशी पाहुना भित्र्याउन सके जनकपुरधाम बासीले यसको व्यवसायिक
फाइदा समेत उठाउन सक्नेछन्।
अभियन्ता रामआशिष यादवको अथक प्रयास र सबै क्षेत्र, वर्ग र समुदाय र सद्भावमा सुरु गरीएको यो
महागंगा आरतीमा स्थानीय प्रदेश र संघिय सरकारले मद्दत गरी यसलाई अझ सुसज्जित र शोभनिय
बनाउन सके सुनमा सुगन्ध थपिने देखिन्छ र त्यसको लागी जन स्वरबाट पहल र तीनै तहका
सरकारको साकारात्मक कदमको आवश्यकता रहेका छ ।
दैविक श्रापले आफ्नो अपार शक्ति बिर्सिएका हनुमानलाई जसरी जाम्ववन्तले शक्ति याद दिलाएर समुद्र
नाघ्न मद्दत गरी राम र सम्पूर्ण अयोध्यावासीको सहयोग गरे त्यसरी नै अभियन्ता यादवले आफ्नो
जनताको फोहर र स्थानीय सरकारको तिरस्कारले आफ्नो धार्मिक र सांस्कृतिक महत्त्व बिर्सिएका गंगा
सागरलाई नर्क बाट स्वर्ग बनाए त्यसरी नै जनकपुरधामको विभिन्न अरु सागर, कुण्ड र तलावहरुले
सयौँ अरु अभियन्ता र सरकारको कदमको पर्खाइमा रहेका छन्।
जय मिथिला जय मैथिल
प्रतिक्रिया दिनुहोस्