• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

अवतरणकै क्रममा पल्टियो हेलिकप्टर : खोटाङमा एयर डाइनेस्टीको ९ एन–एएफक्यू दुर्घटनाग्रस्त, एक जना घाइते

२०८२ चैत्र ४, बुधबार १५:३९
अवतरणकै क्रममा पल्टियो हेलिकप्टर : खोटाङमा एयर डाइनेस्टीको ९ एन–एएफक्यू दुर्घटनाग्रस्त, एक जना घाइते

काठमाडौं । खोटाङमा एयर डाइनेस्टीको ९एन–एएफक्यू नम्बरको हेलिकप्टर बुधबार मध्यान्ह दुर्घटनाग्रस्त भएको छ । काठमाडौंबाट उडेको उक्त हेलिकप्टर अवतरणकै क्रममा पल्टिँदा एक जना यात्रु घाइते भएका छन् भने अन्य यात्रु र चालक दल सकुशल रहेका छन् ।
प्राप्त जानकारीअनुसार हेलिकप्टर बिहान करिब ११ बजे काठमाडौंबाट पाँच जना यात्रु बोकेर खोटाङका लागि उडेको थियो । निर्धारित गन्तव्यतर्फ उडेको उक्त हेलिकप्टर केपिलासगढी गाउँपालिका–२ अन्तर्गत पर्ने खार्ताम्छाको बालाबेसी क्षेत्रमा अवतरण गर्ने क्रममा ११ बजेर ५१ मिनेटमा दुर्घटनामा परेको हो ।
स्थानीय जनप्रतिनिधिका अनुसार हेलिकप्टर जमिनमा अवतरण गर्ने क्रममा सन्तुलन गुमाएर पल्टिएको थियो । घटनास्थल दुर्गम तथा पहाडी भू–भागमा पर्ने भएकाले अवतरण चुनौतीपूर्ण रहेको बताइएको छ । प्रारम्भिक अनुमानअनुसार मौसम, भू–भाग र अवतरण प्रविधिसम्बन्धी कारणले दुर्घटना हुन सक्ने आँकलन गरिएको छ, यद्यपि आधिकारिक कारण भने खुल्न बाँकी रहेको छ ।
दुर्घटनामा काठमाडौं निवासी काजीबहादुर राई सामान्य घाइते भएका छन् । उनको दाहिने खुट्टामा चोट लागेको केपिलासगढी गाउँपालिका–२ का वडाध्यक्ष मिलनकुमार राईले जानकारी दिएका छन् । अन्य यात्रुहरू भने सकुशल रहेको उनले बताए । घाइते राईलाई तत्काल उद्धार गरी अर्को हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ ।
हेलिकप्टरमा नागमणि राईसहित उनका परिवारका सदस्यहरू सवार रहेका थिए । यात्रुहरूमा उनका छोरा बालकुमार राई, छोरी सम्झना राई, आफन्त लक्ष्मी राई र काजीबहादुर राई रहेका थिए । उनीहरू पारिवारिक शोकका कारण खोटाङ जाँदै थिए ।
जानकारी अनुसार नागमणि राईकी श्रीमती मनमछी राईको बेलायत (यूके) मा निधन भएको थियो । उनको शव नेपाल ल्याइएको भए पनि हेलिकप्टरमा यात्रु संख्या पूरा भएपछि शव राख्ने स्थान अभाव भएको कारण शव छुट्टै शवबहानमार्फत पठाइएको थियो । परिवारका सदस्यहरू भने हेलिकप्टरमार्फत अघि बढेका थिए ।
वडाध्यक्ष मिलनकुमार राईका अनुसार, “हेलिकप्टरमा पाँच जना चढेपछि शव राख्ने ठाउँ भएन । त्यसैले शव गाडीमार्फत पठाइएको थियो । उहाँहरू भने हेलिकप्टरमा आउनु भएको थियो । अवतरण गर्ने क्रममा हेलिकप्टर पल्टियो ।”
उनका अनुसार मृतक मनमछी राईको शव भने बिहीबार मात्रै खोटाङ आइपुग्ने अपेक्षा गरिएको छ । घटनाले शोकमा डुबेको परिवारमा थप पीडा थपिएको स्थानीयले बताएका छन् ।
यसैबीच, नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले पनि उक्त घटनाबारे पुष्टि गरेको छ । क्यानद्वारा जारी सूचनामा काठमाडौंबाट खोटाङ उडेको एयर डाइनेस्टीको हेलिकप्टर अवतरण गर्ने क्रममा पल्टिएर दुर्घटनामा परेको उल्लेख गरिएको छ ।
क्यानका अनुसार हेलिकप्टरमा सवार सबै यात्रु र चालक दल सुरक्षित रहेका छन् भने एक जना यात्रु सामान्य घाइते भएका छन् । घाइतेलाई तत्काल उद्धार गरी काठमाडौं ल्याइएको र उनको अवस्था खतरामुक्त रहेको जनाइएको छ ।
घटनापछि स्थानीयवासी, सुरक्षाकर्मी र सम्बन्धित निकाय घटनास्थलमा पुगेका थिए । हेलिकप्टर दुर्घटनाग्रस्त भए पनि ठूलो मानवीय क्षति नभएकाले राहत महसुस गरिएको स्थानीयले बताएका छन् । यद्यपि हेलिकप्टरमा क्षति पुगेको छ ।
हेलिकप्टर दुर्घटनापछि उड्डयन क्षेत्रको सुरक्षामाथि पुनः प्रश्न उठेको छ । विशेष गरी दुर्गम तथा पहाडी जिल्लामा हुने हेलिकप्टर उडानमा उच्च सतर्कता अपनाउनुपर्ने विज्ञहरूले बताउँदै आएका छन् । अवतरणका लागि उपयुक्त पूर्वाधार, मौसमको स्पष्ट जानकारी र प्राविधिक तयारी अपरिहार्य हुने उनीहरूको भनाइ छ ।
नेपालमा पछिल्ला वर्षहरूमा हेलिकप्टर सेवा दुर्गम क्षेत्रका लागि महत्वपूर्ण यातायात साधनका रूपमा स्थापित भए पनि दुर्घटनाका घटनाहरू समय–समयमा दोहोरिँदै आएका छन् । विशेष गरी खराब मौसम, कठिन भौगोलिक अवस्था र प्राविधिक कमजोरी दुर्घटनाका मुख्य कारणका रूपमा देखिँदै आएका छन् ।

सम्बन्धित खवर

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै
प्रदेश विशेष

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

56 years पहिले
बैशाख १७ लाई बालविवाह विरुद्धको दिवसको रुपमा मनाउने मुख्यमन्त्री यादवको घोषणा
प्रदेश विशेष

जसपा नेपालको मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत चयन

56 years पहिले
हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?
प्रदेश विशेष

हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?

56 years पहिले
प्रदेश विशेष

नेपाल ‘पाकिस्तानी मोडल’ को प्रजातन्त्रतर्फ धकेलिँदै छ: सांसद अमरेशकुमार सिंह

56 years पहिले
यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि छुट्टै विभाग गठन गर्न तयार : कांग्रेस सभापति गगन थापा
प्रदेश विशेष

यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि छुट्टै विभाग गठन गर्न तयार : कांग्रेस सभापति गगन थापा

56 years पहिले
सर्वोच्च अदालतदेखि न्याय परिषद सम्म समावेशिता जरुरी : सभामुख यादव
प्रदेश विशेष

सर्वोच्च अदालतदेखि न्याय परिषद सम्म समावेशिता जरुरी : सभामुख यादव

56 years पहिले

ताजा समाचार

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

56 years पहिले
बैशाख १७ लाई बालविवाह विरुद्धको दिवसको रुपमा मनाउने मुख्यमन्त्री यादवको घोषणा

जसपा नेपालको मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत चयन

56 years पहिले
हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?

हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?

56 years पहिले

नेपाल ‘पाकिस्तानी मोडल’ को प्रजातन्त्रतर्फ धकेलिँदै छ: सांसद अमरेशकुमार सिंह

56 years पहिले
यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि छुट्टै विभाग गठन गर्न तयार : कांग्रेस सभापति गगन थापा

यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि छुट्टै विभाग गठन गर्न तयार : कांग्रेस सभापति गगन थापा

56 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us