काठमाडौं । विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउने कार्यमा संलग्न नेपाल एयरलाइन्सका तीन पाइलटसहित १४ जना उडान कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपाल वायुसेवा निगम स्रोतका अनुसार संक्रमित मध्ये ३ जना पाइलट र अन्य ११ जना भने क्याविन क्रु रहेका छन् । यसरी पुष्टि भएका भएका पाइलट तथा उडान कर्मचारी सबै होटल क्वारेन्टिनमा रहेको स्रोतको भनाइ छ ।
उनीहरु सोल्टी होटलमा बस्दै आएका थिए । कोरोना पुष्टि भएपछि चालक दलका अन्य सदस्यको पनि पीसीआर परीक्षणको तयारी गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्