काठमाडौं / नेपालमा बितेको २४ घण्टामा थप १८० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
काठमाडौं उपत्यकामा मात्रै ५४ जनामा कारोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सोमबारको नियमित प्रेस ब्रिफिङमा भक्तपुरका १०, काठमाडौंका २४ र ललिपुरका २० गरी उपत्यकाका ५४ जनामा संक्रमण पुष्टि भएको बताए । योसँगै नेपालमा कोरोना संक्रमितको जम्मा संख्या १५ हजार ९६४ पुगेको छ।
यस्तै बितेको २४ घण्टामा थप २६४ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो संगै संक्रमण मुक्त हुनेको कुल संख्या ६ हजार ८११ पुगेको छ ।
कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्