काठमाडौं । अब मास्क नलगाई घर बाहिर निस्किनेलाई कडा कारवाही हुने भएको छ ।
गृह मन्त्रालयले मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ ।
गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीका अनुसार अब मास्क नलगाई घरबाहिर निस्कनेलाई पक्राउ गरी संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्ने जानकारी दिए ।
लकडाउन पूर्ण रुपमा नखुलेको र कोरोना संक्रमणको खतरा अहिले पनि रहेको हुँदा यस्तो निर्देशन दिएको अधिकारीले बताए ।
सरकारले जरुरी कामबाहेक घरबाहिर ननिस्कने, निस्कँदा अनिवार्य मास्क लगाउने, एकअर्काबीच कम्तीमा २ मिटरको सामाजिक दूरी कायम गर्नुपर्ने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्