काठमाडौं । ग्लोबल आइएमई बैंकले कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारका लागि प्रदेश सरकारले स्थापना गरेको राहत कोषमा १० लाख सहयोग गरेको छ ।
मुख्यमन्त्री लालबाबु राउतलाई सो बैंकका प्रतिनिधिले आज उक्त रकम बराबरको चेक हस्तानान्तरण गरेको मुख्यमन्त्रीका प्रेस संयोजक आतिष मिश्रले जानकारी दिए ।
प्रदेश सरकारले सञ्चालन गरेको सो कोषमा विभिन्न बैंकका साथै केही सामाजिक संस्था र उद्योगपतिहरुले सहयोग रकम उपलब्ध गराउँदै आइरहेका छन् ।
ग्लोबल आइएमई बैंकले यसअघि सुदुर पश्चिम प्रदेशलाई समेत आर्थिक सहयोग गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्