जनकपुरधाम । संयुक्त विद्यार्थी संगठनले बिहीबार भ्रष्टाचार र महँगीविरुद्ध सिठ्ठी जुलुस निकालेर काठमाडौंमा प्रर्दशन गरेको छ ।
७७ वटै जिल्लामा जुलुस निकाल्ने पूर्वनिर्धारित कार्यक्रमअनुसार विद्यार्थी संगठनले काठमाडौंमा पनि सिठ्ठीजुलुस निकालेका हुन् ।
काठमाडौंको माइतीघरमा भेला भएका विद्यार्थी संगठन सिठ्ठी बजाउँदै नयाँ बानेश्वरसम्म पुगेका थिए । विद्यार्थी सङ्गठनहरुले पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै आजै नेपाल आयल निगमलाई ज्ञापन पत्र समेत बुझाएका थिए ।
सरकारको विरोध गर्दै आन्दोलित बन्नेमा नेपाल विद्यार्थी सङ्घ, अखिल (क्रान्तिकारी), अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल (छैटौँ) रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्