जनकपुरधाम / समाजवादी नेता प्रदेश सांसद रामअशिष यादव ले समाज रुपान्तरण का लागि महिला पुरुष दुवै शिक्षित हुनुपर्ने कुरा बताउनुभएको छ।
जनकपुरधाम को श्री असर्फी निम्न माध्यमिक विद्यालयमा छात्रालाई साइकल वितरण गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सांसद यादव ले मुख्य मन्त्री बेटी बचाउ बेटी पढाउ कार्यक्रम अन्तर्गत छोरीहरुलाई साईकल उपलब्ध गराएको जानकारी दिनुभयो।
प्राधानाध्यापक राम सिनेही यादव को अध्यक्षयतामा सम्पन्न कार्यक्रममा जनकपुरधाम उधोग बाणिज्य संघ का उपाध्यक्ष अम्भु प्रसाद साह,जसपा नेता प्रमोद यादव , एन्टी प्लास्टिक म्यान कृष्ण चन्द्र साह सहित को सहभागिता रहेको थियो।
प्रतिक्रिया दिनुहोस्