साउन २५, सप्तरी । सामाजिक विकास मन्त्री नवल किशोर सनहले प्रदेश २ को वहुप्रतिष्ठित अभियानको रुपमा रहेको वेटी वचाउ वेटी पठाउ अभियान अन्तर्गत अाज एकै दिन सप्तरीको ५वटा विद्यालयहरुमा कक्षा ८ का छात्राहरुलाई साईकल वितरण गरेका छन।
सप्तरीका शंकर मा वि सुव्वाटोल,चुमनहरी मा वि मयननकडेडी,मा वि डिमन,मा वि गोईठी,जनता मा वि लोहजाराका कक्षा ८ का छात्राहरुलाई साईकल वितरण गरेका हुन।
कार्यक्रममा कंचनरुप न. पा. का नगरप्रमुख वसन्त कुमार मिश्र, तिरहुत गा पा का अध्यक्ष हेमन्त कुमार वहरखेर,उपप्रमुख तिर्थमाया खंग,जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादव,पुर्व जिल्ला उपसभापति भुपेन्द्र चौधरी, जसपा केन्द्रीय सदस्य कल्पना चौधरी ,श्याम सरदार,तिरहुत गा पा -०४ का वडा अध्यक्ष मनोज कुमार यादव,जसपा नेता चितरन्जन सढोक,पत्रकार भुपदेव माली लगाायतको उपस्थित रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्