जनकपुरधाम / शिक्षा सुधार अभियान अन्तर्गत शैक्षिक सुधार अभियन्ता गायक जयनाथ अधिकारीलाई शैक्षिक सामग्री उपलब्ध गराएका छन्।
समाजवादी नेता प्रदेश सांसद राम अशिष यादव,संचार प्राधिकरण प्रदेश नं २ का अध्यक्ष श्याम सुन्दर यादव र जनकपुरधाम उधोग वाणिज्य संघ का उपाध्यक्ष अम्भु प्रसाद साह ले संयुक्त रुपमा निशुल्क सांझ ट्युसन सेन्टर बफै गाउँ का संस्थापक अध्यक्ष अभियन्ता जयनाथ अधिकारीलाई शैक्षिक सामग्री हस्तान्तरण गरेका छन्।
आफन्त नेपालका कार्यक्रम संयोजक जयप्रकाश मंडल को सहयोग बाट प्राप्त अंग्रेजी शब्द कोष डिक्सनरी शैक्षिक सामग्री सांझ ट्युसन सेन्टर मा अध्ययनरत विद्यार्थी हरुका लागि अति लाभदायक हुने कुरा अभियन्ता जय ले बताए।
महामारी कोबिड रोग को समय बिधालयहरु बन्द रहेको अवस्थामा विधार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले अभियन्ता जय ले शिक्षा प्रेमी हरुको सहयोग मा ग्रामीण क्षेत्र बफै गाउँ मा निशुल्क सांझ ट्युसन सेन्टर को संचालन गरेका छन्।
२ सय ५० जना विद्यार्थी अध्ययनरत सो ट्युसन सेन्टर मा प्रदेश सांसद यादव ले समय समयमा विधार्थीहरुको सुविधा का लागि कापि,कलम, किताब सहित का शैक्षिक सामग्री उपलब्ध गराउदै आएका छन्।
प्रतिक्रिया दिनुहोस्