प्रदेश न २ उच्च अदालत जनकपुर राजविराज इजलासका एकजना न्यायाधीशमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
उच्च अदालत जनकपुरधामको राजविराज इजलासमा कार्यरत ५८ वर्षीय न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियाँलाल यादवले जानकारी दिए ।
एक हप्ता पहिले मात्र उच्च अदालत राजविराजको इजलासमा कार्यरत्त सहसचिव स्तरका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो । सप्तरीमा एकजना न्यायाधीश सहित प्रहरी र अन्य पाँचजनामा कोरोना संक्रमण पुष्टि भएको यादवले बताए
प्रतिक्रिया दिनुहोस्