जनकपुरधाम । चुरे जंगल संरक्षण को लागि वृक्षारोपन अभियाननेपाल को जीवन रेखा चुरे जंगल संरक्षण अटल उदेश्य को साथ वृहत् वृक्ष रोपन अभियान सुरु गरेको हो।
मिथिला वाईल्ड लाईफ ट्रष्ठ को अध्यक्ष जैविक विविधता संरक्षण अभियन्ता देवनारायण मंडल को संयोजकमा मिथिला नगर पालिका पुष्वलपुर स्थित भांटिघारी सामुदायिक वन परिषर मा वृक्ष रोपन अभियान सुरु गरेको हो।
पर्यावरण योध्दा जसपा संसदीय दल के उपनेता माननीय रामअशिष यादव ज्यु को प्रमुख आतिथ्य मा सुरु गरेको चुरे जंगल संरक्षण अभियान मा जिल्ला वन अधिकृत अशोक झा, वृक्ष मानव अभियान्ता सुरेश शर्मा,अभियन्ता शोम शर्मा सामुदायिक वन को अध्यक्ष श्याम ज्यु,अभियन्ताहरु शंकर झा, एन्टी प्लास्टिक म्यान अभियन्ता कृष्ण चन्द्र साह, जन चेतना अभियान के संयोजक सुनिल यादव,युवा अभियन्ता किसन साह,युवा नेता विकास यादव लगाइत स्थानीयहरु अभियानमा सहभागी भइ वृक्ष रोपन गरेको हो।
प्रतिक्रिया दिनुहोस्