जनकपुरधाम : साउन १५ मा आज मुलुकभर खिर खाएर मनाइँदै छ । परम्परादेखि नै साउन १५ मा खिर खानुपर्छ भन्ने सामाजिक मान्यता नेपाली समाजमा छ । साउन १५ मा खिर खानु सांस्कृतिक मात्रै नभई वैज्ञानिक महत्व पनि रहेको हुन्छ ।
आयुर्वेद चिकित्सकका अनुसार बर्षातको समय तथा गर्मी महिना भएकाले शरीरमा दाद, खटिरा र लुतोजस्ता रोगले आक्रमण गर्ने हुनाले खिरले रोग प्रतिरोधात्मक शक्ति बढाउँछ । चामल, दूध, नरिबल, छोकडा लगायत सामाग्री र चिनी हालेर खिर बनाउने प्रचलन रहेको छ ।
प्रतिक्रिया दिनुहोस्