जनकपुरधाम। प्रदेश नं २ को विभिन्न जिल्लाको समुदायमा पनि कोरोना संक्रमण देखिन थालेपछी कोरोना जोखिम अझै जटिल हुने भन्दै प्रदेश २ का प्रदेश मामिला समितिका सभापति अशोक कुमार यादबले एक घर एक पिसिआर टेस्ट गर्ने ब्यवस्था मिलाउन प्रदेश सरकारसँग जोडदार मांग गरेका छन् ।
सांसद यादवले समुदाय स्तरमा कोरोना को महामारी फैलिरहेको बेला संक्रमण नियन्त्रण गर्न पिसिआर टेस्ट को दायरा बढाउनु एक मात्र बिकल्प रहेको जिकीर गर्नृुभएको छ । संक्रमण दिनप्रतिदीन बढीरहेकोले एक घर एक पिसिआर को योजना आउन जरुरी देखिएकोले आफुले मागं गरेको सांसद यादवले बताए छन्,।
‘ प्रदेश नं २ को विभिन्न जिल्लाको समुदायमा पनि कोरोना संक्रमण देखिन थालेपछी कोरोना जोखिम अझै जटिल हुने देखिन्छ , अब पहिला भन्दा धेरै सतर्कता अपनाउनु पर्ने अवस्था बनिसकेको हुदा सम्पुर्णले मास्क,सेनिटाईजर , साबुन वा हैन्ड्वासले हात धुनुको साथै समाजिक दुरी बनाई रोग प्रतिरोधात्मक क्षमता बढाउने खाना र पौष्टिक आहारको नियमित सेवन गरौ ! साथै छिमेकी रास्ट्र भारत वा नगर बाहिर बाट आउनेलाई घरमा नराखी नगरपालिकाद्वारा संचालित क्वारेन्टाइनमा पठाउनु र नमाने नजिकको प्रहरी चौकीमा खबर गरि आफू र अरुलाई समेत सुरक्षीत राख्न मद्दत गरिदिन अपिल गरेका छ्न !’
प्रतिक्रिया दिनुहोस्