धनुषा : नेपालको राष्ट्रिय झन्डा जलाएर म्युजिक भिडिओ बनाउने समूहका थप तीन जना पक्राउ परेका छन् ।
पक्राउ परेका तीन जनाको पहिचान खुलाइएको छैन । यसअघि प्रहरीले भिडियो बनाउने क्यामेरा म्यान इशाक लिम्बुलाई पक्राउ गरेको थियो । अहिलेसम्म चार जना पक्राउ गरि सकिएको महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिपक थापाले जानकारी दिए
पक्राउ परेका चारै जना व्यक्तिलाई अपराध महाशाखा टेकुमा राखेर अनुसन्धान भइरहेको जनाएको छ । अब ६/७ जना अझै पक्राउ पर्न बाँकी रहेको र उनीहरू सबै पहिचान भइसकेको प्रहरीको भनाई छ ।
भदौ १ गते युट्युवमा उक्त म्युजिक भिडिओ अपलोड गरिएको छ । म्युजिक भिडियो नेपालको राष्ट्रिय झण्डा जलाएको दृश्य देखिन्छ । भिडिओ मकवानपुरको बागमति गाउँपालिका ३स्थित सल्लेनीको विष्णु आधारभूत विद्यालयमा खिचिएको छ ।
भिडिओका गायक गेल्जङ दोर्जे तामाङ हुन् । उनले सामाजिक सञ्जालमा विभिन्न टिका टिप्पणी पनि गरेका छन् । म्युजिक भिडियोमा साम्प्रदायिकता माथि नै खलल पुग्ने किसिमका भनाइहरू रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्