जनकपुरधाम । जनकपुर टुडे संचार समूहका प्रधान सम्पादक तथा बीबीसीका जनकपुरधाम संमाचारदाता बृजकुमार यादवको घरमा गरिएको गुण्डाशैलीको आक्रमण विरुद्ध बिहीबार जनकपुरमा मोटरसाइकल र्याली गरेको छ ।
गुण्डागर्दी गर्नेलाई कानूनी दायरामा ल्याई कारबाहीको माग गर्दै नागरिक समाजका अगुवा, युवा, बुद्धिजिविहरुले जनकपुरधाममा मोटरसाइकल र्याली गरेको हो ।
र्यालीले जनकपुरधामको विभिन्न चोकको परिक्रमा गर्दै जिल्ला प्रहरी कार्यालय पुगेको थियो ।
आक्रमणमा संलग्न शिवशंकर साह हिरा, ललित कुमार साह, वीरेन्द्र कुमार साह लगायतलाई तत्काल कानूनी दायरामा ल्याई कारबाही प्रक्रिया अघि बढाउनको लागि माग गरेका थिए ।
जातीय नारा दिएर राजनीतिको नाउँमा गुण्डागर्दी गर्ने शिवशंकर साह हिरामाथि यसअघि पनि पटक पटक अन्य समुदायका व्यक्तीहरुलाई होच्याउने गरेको आरोप लाग्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्