काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल सुरु भएको छ । पार्टी भित्रको विवाद उत्कर्षमा पुगेको बेला नेकपाका दुई अध्यक्षबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल सुरु भएको होे ।
दुई अध्यक्षबीच शनिबार हुने भनिएको छलफल हुन सकेको थिएन । हिजो बस्ने भनिएको स्थायी कमिटी बैठक पनि भोलिसम्मको लागि स्थगित भएको छ ।
प्रधानमन्त्री ओलीले पार्टी भित्र विवाद लम्बिंरहँदा हिजो मन्त्रीहरुलाई बोलाएर आफू र राष्ट्रपतिविरुद्ध षडयन्त्र भैरहेको भन्दै जुनसुकै कदम चाल्ने अवस्था आउन सक्ने भएकाले आआफ्नो कित्ता प्रष्ट पार्न निर्देशन दिनुभएको थियो ।
ओलीको यो अभिव्यक्तिपछि प्रचण्डसहित नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल राष्ट्रपतिलाई भेट्न शितल निवास जानुभएकाे थियाे । शितल निवासबाट फर्किएर प्रचण्ड बालुवाटार पुग्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस्