हरिनारायण यादव नेतृत्वमा राजपा नेपाल दल दर्ता गर्न शुक्रबार निर्वाचन आयोगमा निवेदन दर्ताका लागि निवेदन पेश गरेको हो । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल, नामक दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराएका छन् ।
यादवको नेतृत्वमा २१ सदस्यीय केन्द्रीय समिति रहने गरी राजपा नेपाल दर्ता गर्न आयोगमा निवेदन पेश गरेको दर्ता नम्बर १५४८ रहेको छ, स्रोतले जनाएका छन् ।
एक वर्षअघि तत्कालीन राजपा र समाजवादी पार्टी एकीकरण भएर जसपा बनेको थियो । बिगत केही दिन जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवाद चलिरहेको बेला निर्वाचन आयोगमा राजपा नेपाल दर्ता गर्न निवेदन पुगेको छ ।
वैशाख १० गते दुबै दलबीच एकीकरण भए पनि निर्वाचन आयोगमा असार २४ गते दर्ता भएको थियो। एकीकरण भएको दलको नाम र निर्वाचन चिह्न एक वर्षसम्म कानुनी प्राबधान अनुसार आयोगले फ्रिज गरेर राख्छन् ।
एक बर्ष नबित्दै राजपा नेपाल नामक दल दर्ताका लागि आयोगमा निवेदन पुगेको छ । साउन ३ गते जसपाको दुवै पक्षलाई निर्वाचन आयोगले आधिकारिकता सम्बन्धी सुनुवाईका लागि बोलाएको छ।
प्रतिक्रिया दिनुहोस्