काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) ले साउन १६ गते शनिबार संसदीय दलको नेताको चयन गर्ने भएको छ । ११ साउनमा जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षले पाएपछि संसदीय दलको नेता चयन प्रक्रिया अगाडि बढेको हो ।
बिहीबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले शनिबार संसदीय दलको नेता चयन गर्ने निर्णय गरेको छ । सकेसम्म सहमतिमा नेता छान्ने, नभएमा निर्वाचनमा जाने निर्णय भएको जसपा स्रोतले जनाएको छ ।
तीन दिनसम्म बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले केही नेताहरुको कार्य विभाजनसमेत गरेको छ । अध्यक्षद्वय यादव, डा।बाबुराम भट्टराईल र महेन्द्रराय यादवलगायतमध्येबाट संसदीय दलको नेता चयन हुनेछ ।
आधिकारिकता पाएको जसपाको पक्षमा २२ जना सांसद छन् । ३२ सांसद रहेको जसपामा यो बहुमत संख्या हो ।
प्रतिक्रिया दिनुहोस्