काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्चको फैसलाको वाक्य वाक्य, शब्द शब्दको मूल्यांकन हुने बताएका छन् ।
मंगलबार प्रतिनिधिसभको बैठकमा बोल्दै अध्यक्ष ओलीले सर्वोच्चको हरेक शब्दको आगामी इतिहासले मूल्याङ्कन गर्ने बताए ।उनले इतिहासको मूल्याङ्नबाट कोहि उम्कन नपाउने पनि दावी गरे । अदालतलाई भने कुनै प्रकारको विवादमा ल्याउन नहुने उनले तर्क गरे । यद्यपि उनले अदालतले पहिलो पल्ट प्रधानमन्त्री नियुक्ति गरेर नजिर स्थापित गरेको भन्दै असन्तुष्टि भने जनाएका छन् ।
उनले जनतले भरोसा गर्ने संस्थाहरुबीचको सन्तुलन बिग्रिने पो हो की ? भन्नेमा चिन्ता रहेको बताए । लोकतान्त्रिक प्रणालीमा संस्थाहरु आ-आफ्नो मर्यादा र ठाउँमा बसेर काम गर्नुपर्ने उनको भनाइ छ ।
बिकास, सुशासन र शान्तिको पथमा लागेको मुलुकलाई गठबन्धन सिद्धान्तले बिगार्न लागेको पनि उनले आरोप लगाए ।
प्रतिक्रिया दिनुहोस्