जनकपुरधाम, ५ साउन । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले तेस्रो दिन सर्लाहीको मंलगवाका किसानहरुलाई ऋण ब्याज भुक्तानी गरेको छ ।
सर्लाहीका ५ हजार ८ सय ५३ जना किसानले विभिन्न बैंकबाट लिएको ऋणको ऋण ब्याज वापत करीब तीन करोड रुपैया मन्त्रालयले बैंकहरुलाई चेक मार्फत भुक्तानी गरेको छ । यि किसानहरुले १०९ वटा बैंकलाई भुक्तानी गरेको छ ।
जिल्ला समन्वय समिति सर्लाहीका अध्यक्ष मिथुर चौधरीको अध्यक्षतामा भएको चेक हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह र आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोज सिंह कुशवाहाले
किसानहरुको कोभिड—१९ लकडाउन प्रभावकारी न्यूनिकरणका लागि प्रदेश सरकारको यो प्रयास रहेको बताएका छन् । मन्त्रीद्वयले प्रदेश सरकारको कृषि मन्त्रालयमा रहेको बजेट मध्ये अधिकांश बजेट कृषि क्षेत्रकै लागि छु्ट्याइएको बताएका छन् ।
पहिलो चरणमा किसानहरुले ३ लाखसम्म ऋण लिएकाहरुको ऋण ब्याज भुक्तानी भईरहेको छ । प्रदेश सरकार दीर्घकालिन, माध्यमकालिन र अल्पकालिन कृषि योजना ल्याउन लागेको मन्त्रीद्वयले दावी गरेका छन् ।
प्रदेश २ मो ‘२७ प्रतिशत किसानलाई मात्र सिंचाई योजना पाई रहेका छन् । यसो हेर्दा किसानहरु समस्यै समस्यामा छन् मन्त्रीद्वयले भने ‘ किसानको सम्मानबाट नै समृद्ध प्रदेश बनाउन सकिन्छ । यस प्रदेशकै उन्नति कृषिमा रहेकोले प्रदेश सरकार कृषिमा अनुदान कार्यक्रम ल्याउन लागेको हो ।’ नेपाल कृषि प्रधान देश भएपनि सरकारको कृषिमा लगानी न्यून रहेको थियो । तर अब प्रदेश सरकारले देशलाई नै पाल्न सकिने कृषि योजना यस प्रदेशमा ल्याउन लागेको जिकिर पनि गरे ।
प्रतिक्रिया दिनुहोस्