धनुषामा सबैभन्दा विवादित नगरपालिकाको रुपमा रहेको हंसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डलको संग्लनतामा व्यापक अनियमितता भएको रहस्य खुलेको छ । सो नगरपालिकाका मेयर मण्डलले आर्थिक कार्यविधि नियमावली २०६४ को विपरित अनियमितता गरेको पाइएको हो ।
मेयर मण्डलले विभिन्न योजनाको अनुगमनको नाममा समेत जथाभावी रुपमा भत्ता बुझेका छन् । भने विना प्रक्रिया पुर्याई नगरपालिकबाट भत्ता बुझेका छन् । त्यस्तै उनले भ्रमण खर्च नियमावली विपरित भत्ता बुझेका छन् । नियमानुसार १५ किलोमिटर भन्दा टाढाको दुरीमा दैनिक भत्ता पाउने व्यवस्था भएको तर त्यो भन्दा कम दूरीमा भत्ता लिन पाइँदैन ।
उनले भने १५ किलोमिटरभित्रै अनुगमन भत्ता बुझेका छन् । सो क्रममा नगरप्रमुख मण्डलसहित ६ जनाले बहुक्षेत्रीय पोषण योजनाको अनुगमन तथा मूल्याँकन वापत ६० हजार भत्ता बुझेको पाइएको छ । उनले आफुसँगैका कर्मचारीहरुलाई खुसी राख्नका लागि समेत नियम विपरित भत्ता वितरण गरेका छन् । जनस्वास्थ्य संयोजक बुदेशवर यादव र लेखापाल फिरोज आलम स्वास्थ्य सम्बन्धी कार्यक्रमको अनुगमन तथा सुपरीवेक्षणवापत २७ हजार रुपैयाँ भत्ता लिएका छन् ।
त्यस्तै सञ्चार खर्चमा समेत मेयर मण्डलले अनियमितता गरेका छन् । गत आर्थिक वर्षमा नगरपालिकामा सञ्चार खर्चको नाममा करिब ३४ हजार रुपैयाँको भौचरकार्ड (चिरार्च) खरिद गरिएको उल्लेख लेखा परिक्षक प्रतिवेदनमा उल्लेख छ । हंसपुर नगरपालिकामा व्यक्तिगत प्रयोजनको लागि मोवाईल समेत नगरपालिकाको नाममा खर्च गरी खरिद गरिएको छ । मोवाइल कसलाई दिएको वा किन खरिद गरिएको सोको विवरण खुलाइएको छैन । २०७६ असार ३१ गतेबाट नगरपालिकले मोवाईल एक थान १४ हजार ४ सय ९९ रुपैयामा खरिद गरेको खर्च उल्लेख गरिएको छ । उक्त मोवाइल कुन प्रयोजनका लागि लिइएको हो भन्ने कुरा समेत नखुलाई खर्च लेखेको देखिएको छ । युवा नेता दिपेन्द्र कापरी
प्रतिक्रिया दिनुहोस्