काठमाडौ । व्यापार व्यवसायकाे नाममा नेपाल प्रवेश गरेर कराेडाैं रकम ठगी गरेर भारतीय नागरिक फरार भएका घटनाहरू सार्वजनिक भैरहेका छन् । नेपाल आएर कामदार वा कर्मचारीकाे रूपमा नेपालीलाई राख्ने र उसैको नागरिकता प्रयोग गरेर कम्पनी खाेली राजश्व छल्ने देखि ठगी धन्दा गरेका थुप्रै घटनाहरू पनि सार्वजनिक भैरहेका छन् । कराेडाैं ठगेर भारतीय फरार हुने तर केही नभएको गरिब नेपाली फस्ने घटनाहरू छताछुल्ल भैरहेका छन् । अहिले आशुतोष अग्रवाल नाम गरेका एक भारतीय मारवाडी व्यापारी कराेडाैं रूपैयाँ नेपालीको ठगी गरेर फरार भएका छन् ।
न्युरोडमा माेवाइल फाेन र कम्प्युटरको व्यापार गर्ने भारतीय नागरिक आशुतोष अग्रवाल झण्डै चालिस करोड ठगी गरेर भागेको चर्चा बजारमा चलेको छ। एनाेलक नामको माेवाइल तथा कम्प्युटर पसल संचालन गरेका उनलेे धेरै हाेलसेलर देखि सुनका काराेवारीवालाहरूलाई ठगी गरेको उजुरी काठमाडौ प्रहरी परिसरमा समेत परेको छ। आशुतोष बिरूद्व प्रहरीको ठगीको उजुरी परेको साे कार्यालयका प्रवक्ता दिनेश मैनालीले गरे ।उनलेे भने , उनी बिरूद्व ठगीको उजुरीहरू परेको छ।
आशुतोषका बाबु पवन अग्रवाल र दाजु प्रतीक अग्रवाल इन्द्रचाेकमा कपडाको व्यापार गर्छन् । उनीहरूकाे चारवटा ठूलो कपडा पसल रहेका छन् । एकाघरमा बस्ने बाबु र दाजुलाई आशुतोषकाे काराेवारकाे बारेमा कुनै जानकारी नै थिएन त ? प्रश्न यहाँ गम्भीर छ। तर उनका बाबु पवन अग्रवाल भने आंफुलाई थाहा नभएको दावी गर्छन् । यसअघि पनि आशुतोषले यसरी नै तिर्नुपर्ने रकम धेरै भएपछि आंफुले तिरिदिएकाे तर यसपटक यतिठूलाे रकम आंफुले तिर्न नसक्ने र काराेवारबारे थाहा पनि नभएको बताउँछन् ।
विभिन्न कम्पनीका माेवाइल फाेन देखि ल्यापटप कम्प्युटर उनले थाेक बिक्रेताबाट लिएर बिक्री गर्ने गर्दथे। एप्पलकाे थाेक बिक्रेता लाेकेश वलीकाे झण्डै तीन करोड भन्दा माथिको रकम आशुतोषले तिर्नुपर्ने रहेको छ भने नेक्स्ट जेनेरेशनलाई डेढ करोड रहेको बताइएको छ । उनीहरूकाे नेपालमा भएको पारिवारिक सम्बन्धमा व्यापारी अाेम प्रकाश वंशलकाे छाेराले पवन अग्रवालकाे छाेरी अर्थात आशुतोषकाे दिदी बिहे गरेका छन् भने आशुतोषका दाजु प्रतीक अग्रवालले बिरगंजकाे मारवाडी समुदायको छाेरीसंग बिहे गरेकोमा केही दिन अघि मात्रै सम्बन्ध बिच्छेद भएको छ। अहिले आशुतोषबाट ठगिएकाहरू एक भई रकम उठाउने अभियानमा सक्रिय भएका छन् ।
























