जनकपुरधाम, श्रावण ०५ गते। औरही गाउँपालिका आज देखि बिधिवत रूपमा पुर्ण खोप घोषणा कार्यक्रम सम्पन्न भएको छ।
धनुषाको औरही गाउँपालिकामा आयोजित पुर्ण खोप घोषणा कार्यक्रम गाउँपालिका अध्यक्ष उमा शंकर प्रसाद साहको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी धनुषा जिल्ला खोप प्रमुख राज नन्दन मण्डलले गाउँपालिकालाई धन्यवाद दिदै भनु भो कि देशमा जब जब समस्या आउदा स्वास्थकार्मीहरुको अहम भुमिका रहेका कुरा बताउनु भयो।
केहिदिन आघी नै कोरोनाको लहर आएको बेलाको आदगराउदै उहाँले भनु भो कि कोरोनाको लहरले साथीसंग वा आफ्नो घरपरिवार संग कस्तो समस्या भोगनु परेको थियो। त्यसैले बालबालिकाहरुलाई खोप अनिवार्य रूपमा लगाउनु पर्ने आजको आवश्यकता रहेका कुरामा जोडदिएका थियो।
साथै धनुषामा पुर्ण खोप संचालनमा रहेका कार्यक्रम अहिले सम्म ७ ओटा घोषणा भइसकेको छ । र औरही गाउँपालिका ८ औं नम्बरमा घोषणा भएको कुरा प्रमुख अतिथी मण्डलले जानकारी गराए।
गाउँपालिकामा पुर्ण खोप कार्यक्रमको संयोजक फेकन यादवको नेतृत्वमा भएको वाडा न १ देखि ६ सम्मको सम्पुर्ण १६ महिना देखि २३ महिना सम्मको बालबालिकाहरुलाई खोप लगाउन वाडाका स्वास्थकर्मीहरुको अतिनै योगदान रहेको संयोजक यादवले बताउनु भयो।
उक्त कार्यक्रमको विशिष्ट अतिथी गाउँपालिका उपाध्यक्ष पुनम कुमारी साह, पालिका प्रमुख प्रशाकिय अधिकृत अशोक कुमार यादव, स्वास्थ निर्देशनालयका प्रतिनिधि सर्वण नायक, धनुषा जिल्ला खोप अधिकृत राजदेव यादव, unicef का प्रतिनिधि बिकि प्रसाय, अतिथीहरु वाडा न १ देखि ६ सम्मका वाडा अध्यक्ष लगाईत विभिन्न पार्टीका प्रतिनिधि, संघसंस्थाहरुको प्रतिनिधि, लगाईत पालिका भित्र बुधिजिबी, समाजसेवी, शिक्षाप्रेमीहरुको सहभागितामा कार्यक्रम सप्पन्न भएको छ।
























