जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालको मधेश प्रदेशको प्रमुख सचेत तथा प्रदेश सभा सदस्य शैलेन्द्र प्रसाद यादवले एक कार्यक्रम बिच भोला बाबा मन्दिरको उद्घाटन गर्नु भएको छ।
धनुषा निर्वाचन क्षेत्र नं २ काे `क´ जनक नन्दनी गाँउपालिका वडा नं -१ इनर्वा टोल फुलवरियामा सचेत यादवको संसदीय बिकास कोषबाट नवनिर्मित भोला बाबाकाे मन्दिर निर्माणको कार्य सम्पन्न भएपछि सचेत यादवले उद्घाटन गर्नु भएको हो।
भोला बाबा मन्दिरको उद्घाटनको क्रममा स्थानीयहरु उत्साहजनक खुसीका साथ सहयोगीता भएका थिए । उक्त उद्घाटन कार्यक्रममा जसपा नेता अब्बदुलाह शेख लगाईत स्थानीयहरु सहभागिता थियो।
























