जनकपुरधाम, साउन १९ गते। मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रम अन्तर्गत सडक निर्माणका लागि शिलान्यास गर्नु भएको छ।
पर्सा निर्वाचन क्षेत्र नं. १ (ख) का प्रदेश सभा सदस्य एवं मधेस प्रदेशका मुख्यमन्त्री राउतले आफ्नै निर्वाचन क्षेत्रमा मधेस प्रदेश सरकारको एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रम अन्तर्गत विरगंज महानगरपालिका वडा नं. १६ नगवा देखि ५ कि.मी. लामो निर्माणा हुने सडकको शिलान्यास गर्नु भएको हो।
शिलान्यास कार्यक्रममा प्रदेश सभा सदस्य भिमा यादव, विरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह, पुर्व जिसस पर्सा सभापति नेकमहमद अन्सारी, वडा अध्यक्ष पशुराम चौरसिया, प्रोफेसर बिजय यादव तथा स्थानीय नागरिक, प्रहरी प्रसासन, पत्रकार एवं जनता समाजवादी पार्टी नेपाल निकट युवा विद्यार्थीहरुको सहभागिता रहेको छ ।
























