जनकपुरधाम, श्रावण २० गते। संघीय शिक्षा राज्य मन्त्री बोधमाया यादव र प्रदेश सांसद रामअशिष यादवले संयुक्त रुपमा एक समारोहका विच प्राविधिक विधालय भवनको शिलान्यास गरेका छन्।
सो अवसरमा बोल्दै प्रमुख अतिथि शिक्षा राज्य मन्त्री बोधमाया यादवले समृद्धि को मुख्य अधार स्तम्भ शिक्षा रहेको कुरा बताउनुभएको छ।
कार्यक्रममा बोल्दै विशिष्ट अतिथि प्रदेश सांसद रामअशिष यादवले समृद्धिको मुल मन्त्र शिक्षा रहेको ले शिक्षा सुधार अभियान अन्तर्गत विधालय भवनको निर्माण थालिएको कुरा बताउनुभएको छ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत जनकपुरधाम उपमहानगरपालिका वडा नं १७ कनकपटी स्थित श्री सरस्वती माध्यमिक विद्यालयको सरस्वती बजार समिपको जग्गामा ३६ लाख रुपैयाँको लागतमा प्राविधिक विधालय भवनको निर्माण हुने कुरा विधालय का प्राधानाध्यापक सुनिल मल्लिक ले जानकारी दिए का छन्।
प्रदेश सांसद रामअशिष यादवको पहलमा प्राविधिक विधालय संचालनका लागि लाईब भवनको निर्माण भैसकेको र चाडैं नै सिटिभी संग सम्बन्धन गराई कृषि प्राविधिक कक्षा संचालन गर्ने कुरा कृषि विज्ञ बिष्णु देव यादवले जानकारी दिए का छन्।
विधालय का प्राधानाध्यापक सुनिल मल्लिकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सिटिभीटि का निर्देशक बसन्त यादव,जनकपुरधाम उपमहानगरपालिका वडा नं १७ का वडा अध्यक्ष रामवृक्ष यादव, शिक्षा सुधार अभियान दूत समेत रहेका जनकपुरधाम उधोग वाणिज्य संघ का उपाध्यक्ष अम्भु प्रसाद साह, कृषि विज्ञ बिष्णु देव यादव, शिक्षक अरविन्द यादव सहित का वक्ता हरुले शिक्षा सुधार सम्बन्धमा विचार व्यक्त गरेका छन्।
























