जनकपुरधाम, साउन २६ गते । जसपा प्रमुख सचेतक तथा प्रदेश सांसद शैलेन्द्र कुमार यादवद्वारा राम जानकी मन्दिरको उद्घाटन गर्न भएको छ ।
धनुषा क्षेत्र न. २ को (क ) कमला नगरपालिका वाडा न ६ सखुवा मरानमा सांसद यादवको संसदीय बिकाश कोषबाट निमार्ण भएको मन्दिरलाई एक कार्यक्रम बिच उद्घाटन गर्नु भएको हो।
उक्त कार्यक्रममा जसपाको जिल्ला सदस्य इसराफिल अन्सारी, जसपाको कमला नगरपालिकाको नगर सचिव त्रिलोक महतो, नगर सदस्य नागराज यादव, नगर सदस्य दयाराम महतो, जन निर्वाचित कमला न. पा ६ को वडा अध्यक्ष सम्सुल मिया मोमिम, जसपाका वडा कमिटि अध्यक्ष मोहन साह, जसपा वार्ड प्रतियासी बालेमहतो लगायत कमला न. पा ६ को बिद्धिजिबी, किसान, युवाहरुको उपस्थितिमा उदघाटन सम्पन्न भएका छन।
























